News Headlines

(NRNA-NCC) इजरायलको १६ औ बार्सिकोत्साब कार्यक्रम २०२३/१/३१

Posted on Jan 10 2024
मिति ३१ डिसेम्बर २०२३ आइतबार गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको १६ औ वार्सिकोत्सव, नया वर्ष २०२४ को शुभकामना आदानप्रदान कार्यक्रम तथा नेपाली राजदुतावासका द्वित्तिय सचिव कुमार बहादुर श्रेष्ठको स्वागत कार्यक्रम आयोजना गरिएको थियो | उक्त कार्यक्रमका सभापति सस्थाका अध्यक्ष श्री किष्ण भण्डारी ज्यु ले गर्नु भएको थियो | यस कार्यक्रमा प्रमुख अतिथि नेपाली राजदुताबास इजरायलका द्वित्तिय सचिव कुमार बहादुर श्रेष्ठ ,विशिष्ठ अतिथि गैर आबासीय नेपाली संघ का केन्द्रीय अध्यक्ष डा. बद्रि केसी ज्यु ,उपाध्यक्ष डा. हेमराज शर्मा ,राम शरण सिम्खडा ज्यु ,युरोप क्षेत्रिय संयोजक डा. चिरन्जिबी खडका ज्यु नेपानी राजदूतावास इजरायलका सहचारी संजय कुमार शाह ज्यु ,गैर आवाषीय नेपाली संघ का केन्द्रीय सदस्य बिशाल ज्ञावालीज्यु ,ज्योति शर्मा ज्यु ,संरक्षक दिपक प्रसाद ओली ज्यु उपस्थित हुनुभएको थियो ।
यसै गरि प्रवासी नेपाली मंच इजरायलका अध्यक्ष गीता सुबेदी ज्यु ,जनसम्पर्क समिति इजरायलका सभापति कटक श्रेष्ठ ज्यु ,नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिति इजरायलकी अध्यक्ष राजकुमारी श्रेष्ठ ज्यु लगायत बिभिन्न सघ सस्थाबाट उपस्थित हुनुभएका अध्यक्षज्युहरु तथा प्रतिनिधि ज्युहरु उपस्थित हुनुभएको थियो । आफ्नो समय र काम लाई थाति राखि हाम्रो निमन्त्रणा लाइ सहर्ष स्वीकार गरि भौतिक तथा जुम भर्चुअल मा उपस्थित हुनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु र गैर आवासीय नेपाली संघ इजरायलका कार्यसमितिका सम्पूर्ण साथिहरुमा हार्दिक नमन तथा कृतज्ञता सहित धन्यबाद व्यक्त गर्दछौं|
सस्थाको १६ औ बार्सिकोत्सव कार्यक्रम प्रमुख अतिथि ,सभाध्यक्ष तथा icc सदस्य ज्युहरुबात पानसमा बत्तिबालेर उद्घाटन गर्नु भयो | उपस्थित अतिथिज्युहरुलाई सस्थाका उपाध्यक्ष भेषराज पाण्डे ज्यु बात स्वागत मन्तब्य दिएर स्वागत गर्नु भयो |
गैर आबासीय नेपाली संघ का केन्द्रीय अध्यक्ष डा बद्रि केसी ज्युले शुभकामना मन्तब्य दिदै सस्थाको हकहित र सस्थामा भएका बिभिन्न किसीमका समस्याहरुलाई पनि जानकारी गराउदै सस्थालाई आगामी दिनमा सक्रिय र नमुना बनाउने कुरामा जोड दिनु भएको थियो
यसै गरि केन्द्रीय उपाध्यक्ष ,icc सदस्य ,सम्रक्षक र प्रवासी नेपालि मंच इजरायलकी अध्यक्ष ज्युहरुले शुभकामना मन्तब्य दिनु भएको थियो |गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिष्ुद इजरायलको हाल सम्म गरेका कामहरुको समेत प्रतीबेदन प्रस्तुत गरिएको थियो ।
हाम्रो निमन्त्रणा लाइ स्वीकार गरि उपस्थित हुनुभएका अतिथिज्युहरु ,बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु पत्रकार ज्युहरु र zoom भर्चुअल तथा भौतिक उपस्थित हुनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा हार्दिक धन्यबाद ब्यक्त गर्दछौ |
यसै गरि १६ औ बार्सिकोत्साब कार्यक्रममा बिभिन्न किसिमका खानाका परिकार तयार गर्नुहुने सस्थाका पदाधिकारी तथा सदस्य ज्युहरु , आर्थिक ,नैतिक तथा भौतिक सहयोग गर्नुहुने सहयोगी मनका धनि व्यक्तित्व ज्युहरु र सस्थाको काममा एकाग्रह भएर कार्यक्रम सफल बनाउन मेहेनत गर्नुहुने तपाइँ सम्पूर्ण कार्यसमितिका साथिहरुमा हार्दिक धन्यबाद तथा कृतज्ञता व्यक्त गर्दछु |आगामी दिनहरुमा पनि यहांहरुको यतिकै साथ सहयोग कमि कमजोरीहरुमा सल्लाह सुझाबको अपेक्षा गर्दछौ । धन्यवाद
अलि महमद मिया
महासचिव
एनआरएनए -एनसीसी इजरायल |