News Headlines

एनआरएनए एनसिसी इजरायलको सदस्यता वितरण समय सकिन ६ दिन बांकी, नछुट्न संघको अनुरोध

Posted on Jul 19 2023

एवान नेपाल,

गैह्र आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको २०२३-०२५  नयाँ कार्यकालको निम्ति सदस्यता वितरण गर्ने समय सिमा मात्र ६ दिन बाँकी रहेको एनसिसी इजरायलले जनाएको छ ।
गत १२ मई शुक्रवारदेखि आगामी २८ जुन २०२३ ५८ दिनसम्मको लागि खुल्ला गरिएको पञ्जिकृत सदस्यता लिन चाहानुहुने जो कोही इजरायलवासी नेपालीहरुले समितिले माग गरेका कागजातहरु सहित SMART NRNA एप डाउलन गरी सदस्यता आवेदन दिन सकिन्छ ।
एन्ड्रोइड डिभाइसमा PLAY STORE र आइओएस डिभाइसमा APP STORE मा गइ SMART NRNA टाइप गरी NRNA को APP डाउनलोड गरेर Create New Account मा थिचेर  Country मा Israel चयन गरी Instructions Follow गर्दै माग गरिएका कागजातहरु समावेश गर्दै सदस्यता आवेदन फारम SUBMIT गर्न सकिनेछ ।
सदस्यता शुल्क भुक्तानिको लागि इजरायलको हकमा एनआरएनए-एनसिसी इजरायलको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु वा एनसिसी इजरायलसँग सम्वन्धित व्यक्तिहरु मार्फत Cash Payment गर्न सकिने व्यवस्था गरिएको संघले जनाएको छ ।
आवेदन फर्म भर्दा इमेल ठेगाना र मोवाइल नम्वर अनिवार्य रहन्छ र त्यही इमेल ठेगाना र मोवाइल नम्वर नै स्वत: तपाईको प्रोफाइलको युजर आइडी हुनेछ । यहाँले प्रविष्ट गर्नुभएको आवेदन स्विकृत वा अस्विकृत भएको सुचना लगायत एनआरएनए सम्वन्धि सम्पूर्ण जानकारी सोही इमेल ठेगानामा प्राप्त गर्नुहुनेछ । तपाईले फाराम भर्दा उल्लेख गर्नुभएको पासवर्ड तपाई स्वयंले सुरक्षित राख्नुपर्नेछ ।
छिटो र छरितोको लागि व्यवस्था गरिएको अनलाइन प्रविधि सबैको लागि त्यति सहज नहुन सक्ने भएकाले सहयोगका लागि  0586871258, 0509249393 वा il.generalsecretary@nrna.org मा सम्पर्क गरी सहयोग प्राप्त गर्न सकिने संघले जनाएको छ ।

VIDEO DEMO :