News Headlines

दशैमा रमेश प्रसाईको सहभागितामा गरिदै गरेको कार्यक्रमको कार्यविधी तयार (यहाँ गरेर भर्नुहोस् फारम)

Posted on Oct 13 2020

सुचना ! सुचना !! सुचना !!!


गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले वडादशै तथा मोहनी नख:को पावन अवसरमा २४ अक्टुवर शनिवार महाअष्टमीको दिन गर्न गइरहेको शुभकामना आदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिताको लागि निम्नानुसारको कार्यविधी तय गरिएको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।
१. यस वक्तृत्वकला प्रतियोगितामा ख्याती प्राप्त पव्लिक स्पिकर समाजसेवी रमेश प्रसाई, नेपाली राजदूतावास इजरायलका मिनिस्टर काउन्सिलर, उपनियोप प्रमुख तथा द्वितिय सचिव अर्जुन घिमिरे र एनआरएनए इजरायलका पूर्व प्रमुख सल्लाहकार समाजसेवी नवराज खड्का गरी तीन(३)जनाको निर्णायक समिति हुनेछ ।
२. प्रतियोगिताको बिषय “बैदेशिक रोजगारीको अनुभव र नेपालमा सदुपयोगको सम्भावना” राखिएको छ ।
३. प्रतियोगितामा प्रथम पुरस्कार १ हजार शेकेल, द्वितिय पुरस्कार ७ सय शेकेल, तृतिय पुरस्कार ५ सय शेकेल र शान्त्वना पुरस्कार स्वरुप दुई जनालाई दुई दुई सय शेकेल निर्धारण गरिएको छ ।
४. प्रतियोगितामा वक्ताहरुको समय ७ मिनेट निर्धारण गरिएको छ । ५ मिनेट पछि जनाऊ घन्टी बज्नेछ र समय सकिनु १५ सेकेन्ड अघि Warning घन्टी बज्ने छ । समय सकिए पछि बोल्ने अनुमति हुने छैन ।
५. वक्ताहरुले आफ्नो प्रस्तुतीमा बिषय बस्तुको ख्याल गर्नु पर्नेछ । बोल्दा बिषय बस्तु भन्दा बाहिर गएमा त्यसको मूल्यांकन गरिने छैन ।
६. वक्तृत्वकलाका प्रतियोगीहरुले कुनै नोट वा टिपोट गरिएका बिषयबस्तुहरु हेरेर पढेर बोल्न पाइने छैन । यदी त्यसो गरेको पाइएमा त्यस्ता वक्ताको मूल्यांकन गर्न निर्णायक मण्डल बाध्य हुनेछैन ।
७. निर्णायकहरुले मूल्यांकन गर्दा जम्मा पूर्णाङ्क १०० कायम गरी निम्न शिर्षक र पूर्णाङ्कको आधारमा मूल्यांकन गरिनेछ ।
१. बिषयबस्तुको उठान --------१०
२. प्रस्तुति -----------------------५०
३. भाषाशैली --------------------१०
४. शारीरिक हाउभाउ --------------१०
५. समयको पालना ------------ १० र
६. निष्कर्ष -------------------१०
८. प्रतियोगिता जुम भर्चुअल अनलाइन मार्फत संचालन गरिनेछ ।
९. प्रतियोगितामा सहभागिता जनाउनको लागि अनलाइनबाट यहाँ क्लिक गरी तपाईको Form भरेर Submit गर्नु होला । ( लिंकमा क्लिक गर्दा तपाईलाई तपाईको जिमेल लग इन गर्ने option दिन्छ । कतिपय Device हरुमा हिव्रु भाषामा पनि देखाउने गर्छ । त्यहाँ जिनेल आइडी हालेर लग इन गर्नु पर्दछ ।)
१०. प्रतियोगितामा सहभागिताकोलागि ENTRY निशुल्क गरिएको छ ।
- एनआरएनए-एनसिसी, इजरायल



फाराम भर्न यहाँ क्लिक गर्नुहोस् ।