News Headlines

एनआरएनए युएईलाई कामदारमुखी बनाउन अभियान सुरु

Posted on Jan 03 2018

उमाकान्त पाण्डे

युएई, पुस १ – गैर आवसीय नेपाली संघ (एनआरएनए) युएईलाई कामदार मुखी बनाउने अभियान सुरु भएको छ । संघको चुनावका बेला गरिएको प्रतिबद्दता अनुसार युएईमा कार्यरत सबै नेपालीसम्म पुग्ने अभियान सुरु गरिएको हो । 

आउँदो ६ महिनामा विभिन्न कार्यक्रमसहित अभियान सञ्चालन हुने संघका अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो । यो अभियान अन्तर्गत जनवरी महिनामा स्वास्थ शिविर र स्वास्थ्य परिक्षण, फेब्रुअरीमा चनचेतनामुलक कार्यक्रम गर्ने तथा मार्च, अप्रिल र मे महिनामा पर्यटन प्रवद्र्धनका साथै नेपालको संस्कृति प्रदर्शन गर्ने योजना बनाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अभियानलाई प्रभावकारी बनाउन संघले जिम्मेवारी बाँडफाँड गरेको छ । अभियान अन्तर्गत संघले यो महिनालाई खेलकुद महिनाको रुपमा मनाएको छ । युवा संयोजक नबिन पौडेलको संयोजकत्वमा रहेको समितीले नेपालको राष्ट्रिय खेल भलिवललाई अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिता गरेको छ ।

दुवईको अलकुजमा रहेको बलदिया खेल मैदानमा सम्पन्न प्रतियोगितामा युएईका १८ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको उपाधि नेपाल स्पोट्र्स क्लब सारजाहले हात पार्‍यो भने जबलाली स्पोटर्स क्लब दोस्रो र सन एण्ड मुन ट्राभल्स तेस्रो भएका छन् ।

नेपाल स्पोट्र्स क्लब सारजहाँका खेलाडी प्रदिप पौडेल उत्कृष्ट खेलाडी घोषित भए । पहिलो हुनेले ३ हजार ३ सय ३३, दोस्रो हुनेले २ हजार २ सय २२ र तेस्रो हुने टोलीले १ हजार १ सय ११ दिर्हाम नगद, कप, मेडल र प्रमाणपत्र पाए । प्रतियोगीताका उत्कृष्ट खेलाडीलाई ५ सय दिर्हाम प्रदान गरिएको एनआरएन युएईका प्रवक्ता मुनु क्षेत्रीले बताउनुभयो । 
 

अब ५ महिनामा चेतनामुलक स्वास्थ शिविर अन्तर्गत रक्तदान तथा स्वास्थ्य परिक्षण, पर्यटन प्रवर्द्धनका लागि विभिन्न मल तथा खुल्ला क्षेत्रमा नेपाल बारे प्रचारप्रसार,पर्यटकीय क्षेत्रको पहिचान झल्किने सामग्रीसहित प्रचार गर्ने लगायतका कार्यक्रम तय गरिएको महासचिव कृष्ण पौडेलले बताउनुभयो ।

एनआरएनएले गत वर्ष जस्तै नेपालको सिस्नोपानी समुहसँगको सहकार्यमा एनआरएनए आइसीसीको योजना अन्तर्गत ‘दुई थोपा हाँसो’ अभियान युएईबाट शुरु गरिने भएको छ ।