News Headlines

एनआरएनए अध्यक्ष र काठमाण्डौं महानगरका मेयरवीच भेटवार्ता र छलफल

Posted on Aug 01 2017

काठमाण्डौं  । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सोमबार (जुन १२, २०१७) काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यासँग भेटवार्ता गरेको छ । सर्वप्रथम संघका अध्यक्षले नवनियुक्त मेयरलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना दिनुभयो ।

अध्यक्ष घलेले विश्वभर फैलिएर रहेका गैरआवासीय नेपालीहरुसँग भएको सिप, ज्ञान र स्रोत काठमाण्डौं महानगरपालिकाको विकासमा परिचालन गर्न तयार रहेको जानकारी गराउँदै विश्वका अन्य प्रमुख शहरहरुसँग भाइचाराको सम्बन्ध बिकास गरी त्यस्ता शहरहरुसँग आवश्यक सहकार्य गर्न सकिने सुझाव दिनुभयो । साथै उहाँले यस कार्यमा समन्वय गर्न गैरआवासीय नेपालीहरु तयार रहेको वताउनु भयो ।

उहाँले गैरआवासीय नेपालीहरुको मातृभूमि प्रतिको लगावलाई अझ प्रगाढ पार्ने उदेश्य अनुरुप संघले काठमाण्डौ महानगरपालिकाभित्र पर्ने वालुटारमा संघको प्रधान कार्यालय निर्माण गर्न लागेको जानकारी दिँदै भवन निर्माणमा महानगरपालिकाले आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।