News Headlines

एनआरएन-एनसिसी इजरायल युरोप क्षेत्रिय समितीमा आवद्द

Posted on Aug 01 2017
एनआइ न्यूज इजरायल,
 
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायल विधिवत रुपमा युरोपियन क्षेत्रिय समितिमा आवद्द भएको छ । एनआरएनए-एनसिसी इजरायलको आसन्न ५औं अधिवेशनको पूर्व सन्ध्यामा  एनआरएनआरएन युरोपियन क्षेत्रिय समितिको गत २८ देखि ३० जुलाई सम्म जर्मनीको फ्रेन्कफर्टमा  २ दिनसम्म चलेको १०औ क्षेत्रिय सम्मेलनले एनआरएनए-एनसिसी इजरायललाई २९औ राष्ट्रको रुपमा विधिवत रुपमा युरोपियन क्षेत्रिय समितीमा राखेको हो ।
सन् २००७ मा स्थापना भएको एनआरएनए-एनसिसी इजरायल स्थापनाकालदेखि नै मध्यपूर्व क्षेत्रिय समितिमा रहदै आइरहेको थियो । इजरायल मध्यपूर्व क्षेत्रिय समितिमा रहेपनि इजरायलको हकमा मध्यपूर्वको समिति त्यति पाएक नपर्ने भएकाले मध्यपूर्व क्षेत्रिय समितिसँग उल्लेख्य रुपमा समन्वय हुन सकिरहेको थियो । सोही कारण एनसिसी-इजरायललाई यूरोप क्षेत्रिय समितिमा दर्ता गराउनुपर्ने आवश्यकता खड्किदै आइरहेको थियो भने एनआरएनए- एनसिसी इजरायलको गएको चौथो अधिवेशनमा सो कुराले प्रशस्त स्थान ओगटेको थियो ।
मंगलवार मात्र फ्रन्कफटबाट इजरायल फर्किएका अध्यक्ष दिपक ओलीले नेपाल इजरायल डट नेटलाई प्रतिक्रिया दिदै आफ्नो कार्यकालमा इजरायललाई युरोप क्षेत्रिय समितिमा समावेश गर्ने घोषणापत्र मार्फत अठोट गरेको स्मरण गर्दै एनआरएनए इजरायल युरोपियन क्षेत्रिय समितिमा दर्ता भएसँगै आफूले एनआरएनए इजरायलको गएको निर्वाचनको क्रममा इजरायलवासी नेपालीहरुलाई गरेका प्रतिवद्दताहरु पूर्ण रुपमा पुरा गरेको  बताएका छन् ।
अध्यक्ष दिपक ओलीले सम्मेलनमा बोल्ने क्रममा एनआरएन इजरायलका गतिविधीहरु लगायत एऩआरएनए इजरायलको १५-१७ कार्यकालको करिव ३७ लाख बराबरको आम्दानी तथा खर्चको  आर्थिक  प्रतिवेदन पेश गर्नुभएको थियो ।  इजरायलमा कार्यरत सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै उक्त भेलामा सहभागिता जनाउनुभएका अध्यक्ष ओलीले आफू उक्त भेलामा इजरायलवासी नेपालीहरुको प्रतिनिधिको हैसियतले सहभागिता जनाउन पाउदा अत्यन्तै गौरबान्वित महसुस गरेको बताउनु भएको थियो ।

अध्यक्ष ओलीले सम्मेलनमा पेश गर्नुभएको प्रतिवेदनमा -
- इजरायलमा एनआरएन  सचिबालय खोलेको साथै भैपरि आउने समस्याको लागि कोष खोलेर  तिस लाख ( ३० लाख ) जम्मा गरिएको ।
- गत वर्ष नेपालमा आएको आम – विनाशकारी भूकम्पपिडितको लागि ९ लाख ५४ हजार रुपैया नगद सहयोग गरिएको
- केहि महिना अगाडि अफगानीस्तानको काबुलमा आतंककारीको आक्रमणमा परि मृत्यु भएका नेपालीहरुको परिवारको सहयोगको लागि ७५ हजार एनआरएन केन्द्रिय कार्यलयमा जम्मा गरिएको ।
- इजरायलमा लामो समय देखि बिभिन्न रोग लागेर बिरामी भएका तथा शाररिक रुपले कमजोर भएर काम गर्न नसक्ने अबस्थाका नेपालिहरु हाल ६ जना लाई  खर्च स्वरूप मासिक ५०० सेकेल आर्थिक सहयोग उपलव्ध गराइदै आएको उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीले मध्यपूर्वको समितिसँग इजरायलको समितिको आशातित समन्वय हुन नसकेकोप्रति इंगित गर्दै  एनआरएनए-एनसिसी इजरायललाई एनआरएनले नेपालको राउटेहरुको अवस्थामा मध्यपूर्वी समितीमा जोडिदिएको बताउदै अव पनि एनआरएन इजरायललाई राउटेको अवस्थामै राख्ने की केही गर्न सक्ने स्थानमा राख्ने भन्ने विषयमा सम्मेलनमा प्रश्न राखेका थिए ।

युरोप राष्ट्रका विभिन्न २८ देशमा रहेका एनआरएन-एनसिसीका करिव ४ सय प्रतिनिधीहरु उपस्थित उक्त सम्मेलनमा एनआरएनए इजरायललाई युरोप क्षेत्रको २९औ सदस्य का रुपमा भव्य स्वागत गरिएको थियो ।  सम्मेलनमा एनआरएनए-आइसिसी अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, महासचिव डा बद्री केसी, सचिव अर्जुन श्रेष्ठ, विभिन्न प्यासिफिक समितीका प्रतिनिधीहरु  लगायत उल्लेख्य उपस्थिती रहेको थियो ।