News Headlines

चर्चित कलाकारहरुको साथमा भव्य बन्यो एनआरएनए इजरयालद्धारा आयोजित ‘नयाँ वर्ष सांगितिक साँझ–२०७४’ फोटो

Posted on Apr 17 2017
   गैरआवासीय नेपाली संघ (एआरएनए) इजरायलले नयाँ वर्ष २०७४ को उपलक्ष्यमा ‘नयाँ वर्ष सांगितिक साँझ–२०७४’ विशेष कार्यक्रम भव्यरुपमा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व एनआरएनए इजरायलका अध्यक्ष दीपक प्रसाद ओलिले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा इजरायलका लागि नेपाली राजदूतावासका सहचारी भोज कुमार भट्टराईले रहेका थिए । त्यस्तै कार्यक्रमका अतिथिहरुमा एनआारएन बेल्जियमको महासचिब अनुजा प्रधान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका संस्थापक अध्यक्ष रामशरण बानियाँलगायत रहेका थिए । कार्यक्रममा इजरायलमा नै बिभिन्न रोगबाट ग्रासित नेपाली दिदी बहिनी दाजु भाइहरुको सहयोगार्थको लागी आयोजना गरिएको यस किसिमको पवित्र कार्यमा साथ दिएकोमा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए । ‘त्यस्तै यो महान कार्यमा सहभागी सबै महानुभावहरुमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायललगायत सम्पुर्ण आयोजक १५ ओटै संघ संस्थाहरु हृदयबाट एक मुस्टामा हार्दिक कृतज्ञता प्रकट गर्दछ,’ आायोजकले भने । कार्यक्रमको औपचारिक उद्घाटन पानसमा दियो बालेर प्रमुख अतिथि तथा कार्यक्रमका सभापति ओलीले सयुक्त रुपमा गरेका थिए । राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा सप्तरीको सिमा क्षेत्रमा आफ्नो देशको सिमाको सुरक्षा गर्दा गर्दै भारतिय प्रहरीको गोली लागी मृत्यु भएका सहिद गणेशकुमार गौतम साथै ज्ञात अज्ञात सहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक एनआरएनए इजरायलका वरिष्ठ उपाध्यक्ष बिशाल ज्ञावलीले राखेका थिए । कार्यक्रममा विभिन्न नृत्य तथा गायनको समेत प्रस्तुति रहेको थियो । त्यसैगरी कार्यक्रममा कार्यक्रम इजरायलीहरुको प्रतिनिधित्व गर्दै आयोजकसमेत रहेको इजरायली संस्था याद–बेयादका मोसे चादोक कार्यमा संलग्न डा इलीलसमेत विशेष अतिथिको आसन ग्रहण गरेका थिए । एनआरएनए का महासचिवतेन्जिङ शेर्पा र चितवन समाजका महासचिव नयन सापकोटाले सञ्चालन गरेको कार्यक्रमका कार्यक्रम संयोजकमा एनआरएन इजरायलका बरीष्ठ उपाध्यक्ष बिशाल ज्ञवाली रहेका थिए । इजरायलमा रहेका विभिन्न रोगबाट पीडित नेपाली दाजुभाई तथा दिदिबहिनीको सहयोगका लागि कार्यक्रमबाट उठेको रकम संकलनको अभिप्रायका साथ आयोजना भएको कार्यक्रममा ठूलो संख्यामा इजरायलबासी नेपालीहरु उपस्थित भएका थिए । कार्यक्रममा नेपालबाट आएका चर्चित हाँस्य कलाकार मनोज गजुरेल, गायक प्रकाश कट्वाल, मबिन्द्र राइ र गायिका रजिना रिमालले निकै मनोरञ्जनात्मक प्रस्तुतिहरु दिदैं इजरायबासी नेपालीलाई मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै कार्यक्रममा इजरायलमा रहेका स्थानीय नेपाली कलाकारहरुलेमेत बेजोड प्रस्तुति दिएका थिए । ‘कार्यक्रम नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा पीडित अक्षय कोषका लागि मनोरन्जन तथा सहयोगका लागि आयोजना गरिएको थियो । जसमा इजरायलमा रहेका सबै नेपालीले साथ दिनुभयो र कार्यक्रम भव्यताका साथ सफलतापूर्वक सम्पन्न भयो,’ आयोजकले बताए । कार्यक्रम यही अप्रिल १४ तारिख शुक्रबार वाइजम्यान स्ट्रीट–६०, तेल अभिभमा आयोजना भएको थियो । उक्त कार्यक्रममा बेल्जियम एनआरएन की पुर्व सचिव अनुजा प्रधान कार्यक्रमका लागि सहयोग स्वरुप प्रवेश शुल्क १०० सेकेल राखिएको थियो । आयोजकले यो कार्यक्रमलाई इजरायलमा रहेका सबै संघसंस्थाको साझा कार्यक्रम भएको र सबैको सहयोगमा सफलातपूर्वक सम्पन्न भएको बताउँदै कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सबैमा हार्दिक धन्यबाद ज्ञापन गरेको छ । कार्यक्रम विभिन्न सहयोजक संस्थाहरुसँगको सहकार्यमा गरिएको थियो । जसमा नमस्ते नेपाल हातेमालो सामाजिक संस्था, नेपाल मगर समाज इजरायल, चितवान समाज इजरायल, झापाली समाज इजरायल, रुपन्देही समाज इजरायल, श्री कृष्ण प्रणामी गैर आवासिय नेपाली युवा परिषद इजरायल, हिन्दू जागरण अभियान नेपाल इजरायल, सोसाइटी अफ हेल्पिङ हर्ट्स इन इजरायल, सत्य साई केन्द्र इजरायल, नारी आवाज इन इजरायल, किराँत राइ यायोख्खा इजरायल, पर्बत समाज इजरायल, बिश्व नेपाली साहित्य महासंघ इजरायल, प्रवासी नेपाली नागरिक समाज इजरायलका प्रतिनिधीहरु सहभागी रहेका थिए । त्यसैगरि कार्यक्रममा आदिबासी जनजाती महासंघ इजरायल, शेर्पा संघ इजराय, ह्योल्मो समाज इजरायल, तमु समाज इजरायल, नेपाल तामङ घेदुङ इजरायल, नेस्वा खल इजर, किराँत यख्थुम चुम्लुङ इजरायल, अन्तर्राष्ट्रिय साहित्य समाज इजराय, नेपाल अन्त राष्ट्रिय मुक्तक प्रतिष्ठान इजरायलका प्रतिनिधी सहभागी थिए । यसैगरी कार्यक्रममा इजरायलमा गठित बिभिन्न राजनैतिक दलका भातृसंगठनहरु पनि सहभागी भएका थिए । जसमा नयाँ शक्ति नेपालको अन्तराष्टिय समाज इजरायल, नेपाली जनसम्पार्क समिती इजरायल, नेपाली संघिय समाज इजरायल, प्रबासी नेपाली मन्च इजरायल, तथा विभिन्न अनलाईन मिडिया प्रतिनिधी सहभागी भएका थिए । यस कार्यक्रममा डिजे तर्फ कृष्ण भण्डारी र देव बास्कोटाले सम्हालेका थिए भने लाइटनेपाल डटकम कार्यक्रमको मिडिया पार्टनरका रुपमा रहेको थियो ।