News Headlines

इजरायलमा नयाँ बर्ष विशेष कार्यक्रमको व्यापक तयारी (भिडियो प्रोमो सहित)

Posted on Apr 11 2017

आउदै गरेको नयाँ बर्ष २०७४ को अवसर पारेर  गैर आवासीय नेपली राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी)इजरायलले नेपालका ख्यातिप्राप्त राष्ट्रिय  कलाकारहरुको उपस्थितिमा  गर्न गइरहेको नयाँ बर्ष बिशेष कार्यक्रमको भव्य तयारी शुरु भएको छ ।

एनआरएनए एनसिसी इजरायलको आयोजना तथा इजरायलमा रहेका सामाजिक तथा जातिय संघ संस्थाहरु नेपाल मगर संघ इजरायल, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था, प्रवासी नेपाली नागिरक समाज इजरायल, चितवन समाज इजरायल, किरात राई यायोख्खा नेपाल-इजरायल, रुपन्देही समाज इजरायल, झापाली समाज इजरायल, पर्वत सेवा समाज इजरायल, अन्तराष्ट्रिय नेपाली साहित्य महासँघ शाखा इजरायल, हिन्दु जागरण नेपाल अभियान इजरायल, मातृभूमीकालागि पर्वत सेवा समाज इजरायल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायल, श्री सत्य साई केन्द्र इजरायल, श्रीकृष्ण प्रणामी गैर आवासिय नेपाली यूवा परिषद इजरायल सहित १४ वटा संघ संस्थाहरुको सह आयोजकत्व रहने    “नयाँ बर्ष  साँगितिक साँझ २०७४ ” नाम दिइएको उक्त कार्यक्रम  इजरायलमा कार्यरत विभिन्न जघन्य रोगबाट पीडित नेपाली दिदि-बहिनि तथा दाजु-भाईहरुको लागि स्थापित राहत कोषकोलागि भएको आयोजकले बताएका छन्  ।

स्मरण रहोस एनआरएनए इजरायलले बिगतका वर्षदेखि विभिन्न जघन्य रोगहरूबाट पिडित नेपालीहरुलाइ केहि राहत स्वरुप मासिक रुपमा  ५०० सेकेलका दरले सहयोग दिदै आइरहेको छ ।

आगामी १४ अप्रिल २०१७ शुक्रबार तेल-अभिभको वाइज्मान स्ट्रिट -६० मा आयोजना गरिन लागेको उक्त कार्यक्रममा  सहभागिता जनाउन नेपालका  ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु चर्चित हाँस्य कलाकार मनोज गजुरेल , पछिल्लो समयमा निक्कै चर्चा बटुल्न सफल नेपाली चर्चित गायिका रजिना रिमाल तथा लोकगायक प्रकाश कटुवाल इजरायल आउने भएका छन्  ।  राष्ट्रिय कलाकारका साथै  स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने भएकाले यसपटकको कार्यक्रम विशेष रहने आयोजकले बिश्वास लिएका छन  ।

गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएन-आइसिसी) उपाध्यक्ष कुमार पन्त, सचिव अर्जुन श्रेष्ठ र पूर्व सचिव अनुजा प्रधानको विशेष आतिथ्यता रहने उक्त कार्यक्रम यस पटक भने साँझको ठिक ६ बजेदेखि नै शुरुवात हुने भएकाले  सम्पूर्ण नेपालीहरुमा समयै उपस्थितिकोलागि हार्दिक अनुरोध गरिएको छ ।

कार्यक्रममा जानकोलागि लेवन्स्की पार्कबाट नि:शुल्क बसको समेत व्यवस्था गरिएको बताउनुहुदै कार्यक्रम संयोजक एनआरएनए आइसिसी सदस्य सुवास खरेलले कार्यक्रम इजरायलबासि सम्पुर्ण नेपालिहरुको साझा कार्यक्रम भएकोले  समस्त मिडियाकर्मी तथा सम्पूर्ण सामाजिक, धार्मिक तथा जातीय संघ-संस्थाहरुको  साथ र सहयोगकोअपेक्षा लिएको नेपाल इजरायल डट नेटसँगको कुराकानीमा बताए ।

कार्यक्रममा उपस्थितिकोलागि अनुरोध गर्दै कलाकार तथा आयोजकहरु :