अध्यक्ष ओलीले कोपनहेगन भेलामा पेश गर्नुभएको प्रतिवेदनमा -
- इजरायलमा एनआरएन सचिबालय खोलेको साथै भैपरि आउने समस्याको लागि कोष खोलेर तिस लाख ( ३० लाख ) जम्मा गरिएको ।
- गत वर्ष नेपालमा आएको आम – विनाशकारी भूकम्पपिडितको लागि ९ लाख ५४ हजार रुपैया नगद सहयोग गरिएको
- केहि महिना अगाडि अफगानीस्तानको काबुलमा आतंककारीको आक्रमणमा परि मृत्यु भएका नेपालीहरुको परिवारको सहयोगको लागि ७५ हजार एनआरएन केन्द्रिय कार्यलयमा जम्मा गरिएको ।
- इजरायलमा लामो समय देखि बिभिन्न रोग लागेर बिरामी भएका तथा शाररिक रुपले कमजोर भएर काम गर्न नसक्ने अबस्थाका नेपालिहरु हाल : दुइजना लाई खर्च स्वरूप मासिक ५०० सेकेल उपलव्ध गराइदै आएको उल्लेख गरिएको छ ।
प्रतिवेदन पेश गर्ने क्रममा अध्यक्ष ओलीले आफ्नो कार्यकालमा गैर आवासिय नेपालीहरुको लगानीलाई मातृभुमीको विकाशको लागि लगानी भित्र्याउन सकारात्मक पहल गर्ने, एनआरएनको गरिमालाई अझ बढाउदै इजरायलमा एनआरएनलाई एउटा भरपर्दो छाता संगठनको रुपमा स्थापित गर्न भरपूर कोसिस गर्ने बताउनुभएको थियो ।
साथै बैदेशिक रोजगारीको लागि आकर्षक गन्तब्य मानिएको इजरायलमा सजिलै धेरै भन्दा धेरै नेपालीहरु कामको लागि आउने बाताबरण बनाउन बिभिन्न कोसिस जारि रहेको लगाएत अन्य कुराहरुमा प्रतिबेदन उल्लेख गरिएको थियो ।
Copyrights © 2023, Non Resident Nepali Association Israel. All Rights Reserved.
Powered by: Weblink Nepal