News Headlines

एनआरएन इजरायलद्वारा आयोजित मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सौहार्दपूर्ण बातावरणमा सम्पन्न

Posted on Oct 18 2016

एनआइ , न्युज इजरायल

नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा रोजगारी, अध्यन, व्यवसाय लगायत विभिन्न शिलशिलामा इजरायलमा रहेका नेपालीहरु तथा यहाँ रहेका  विभिन्न संघ संस्थाहरुविच भएको मैत्रीपूर्ण खेलकुद प्रतियोगिता निक्कै नै शान्ति तथा सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ ।

शुक्रबार साझ ४ बजे देखि सुरु भएको सो प्रतियोगितामा पुरुष तर्फ भलिबलमा मगर संघ इजरायलले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ भने द्वितीय र तृतीय स्थान क्रमशः इजरायलमा रहेका सर्वसाधारण नेपालीहरुविचबाट छानिएर वनाइएको टिम मिलिजुलीले द्वितिय स्थान हात पार्न सफल भएको थियो । त्यसै गरि महिला तर्फ भलिबलमा पनि नेपाल मगर संघ इजरायलले  प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।

img_0194 त्यस्तै फुटबल तर्फ अनन्त थापा मगर टिम क्याप्टेन रहेको 'कायापलट एफसी'ले  झापाली समाज इजरायलका विरुद्द २-१ ले प्रथम स्थान हांसिल गर्दै वडा दशैं मैत्रीपूर्ण खेलकुद कप हात पार्न सफल भएको छ । खेलको दोस्रो दिन कायापलट एफसी र झापाली समाज इजरायलविच भएको फाइनल खेलको पहिलो हाप शुरुवातको ३० सेकेन्डमै झापाली समाजका प्रकाश राजवंशीले पहिलो गोल गरेका थिए भने पहिलो हाल्फकै १५ मिनेटमा कायापलट एफसीका  प्रनेश पाख्रिन वावा हजुरले गोल गरी खेल वरावरीमा पुर्याएका थिए । त्यस्तै पहिलो हाल्फकै अन्तिम समयमा कायापलट एफसी विष्णु ओलीले अर्को गोल गरी २-१ अन्तरमा पहिलो हाल्प सकिएको थियो । त्यस्तै खेलको अन्तिम थप ४ मिनेटको समयमा १ मिनेट बाँकी रहँदा झापाली समाजका स्ट्राइकर  सुन्दर नेपालले गोल गरेपछि खेल बरावरीमा टुगिएपछि पेनाल्टीबाट खेलको नतिया तय गरिएको थियो । दुवै टिमबाट ३/३ जनालाई दिइएको पेन्लाल्टी सुटमा कायापलट एफसीले झापाली समाजका विरुद्द २- १ ले विजय हात पारेको थियो ।

कायापलट एफसी, झापाली समाज इजरायल, केवाईसी, एनआरएनए एनसिसी इजरायल, मगर समाज इजरायल, शेर्पा संघ इजरायल गरी ५ वटा टोलीको सहभागिता रहेको फुटवल खेलमा उपविजेती झापाली समाज इजरायलमा स्ट्राइकर सुन्दर नेपालले सार्वाधिक ५ गोल गरेका थिए । त्यस्तै झापाली समाजका  मिलन शिवाकोटी प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए भने कायापलट एफसीका आशिष दाहाल वेस्ट प्लेयर  चयन भए ।

फुटबल खेलमा पहिलो स्थान गर्ने कायापलट एफसीलाई २००० सेकेल नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने उपविजेता झापाली समाज इजरायललाई १००० सेकल नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

यसैगरी भलिवल पुरुषतर्फ प्रथम स्थान हांसिल गर्ने मगर संघ इजरायलले १५०० सेकल नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने महिला भलिबलतर्फ पनि प्रथम स्थान हासिल गर्ने मगर संघ इजरायललाई १००० सेकल नगद पुरस्कार, ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यस्तै प्रतियोगिताको दोस्रो दिन १५ अक्टूवर शनिवार दिउसो लेवेन्स्की पार्कमा भएको प्रतियोतामा हांडी फोर खेलमा अनु श्रेष्ठ र हेमन्त उप्रेतीले जीत हासिल गरेका थिए । उनीहरुलाई   २०० सेकेल नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने म्यूजिकल चियरमा पासाङ शेर्पा, अनु श्रेष्ठ र शारदा सिटौलाले क्रमश प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरेका थिए । उनीहरुलाई क्रमश: २०० ,१५०  र १०० सेकेल नगद  पूरस्कार प्रदान गरिएको थियो ।

img_0204विजेताहरुलाई इजरायलका लागि कार्यबाहक राजदुत रामेश्वर पौडल र एनआरएन एनसिसी इजरायलका अध्यक्ष दिपक ओलीले  मेडल, ट्रफी र पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमको समापन समारोहलाई सम्वोधन गर्दै का.वा राजदूत पौडेलले विदेशमा रहेका नेपालीहरुमाझ बडा दशैको अवसर पारी मैत्रीपूर्ण खेलको आयोजना गरी नेपालीहरुमा अपसी मेलमिलाप र भाइचाराको सम्वन्ध कायम राख्न एनआरएनए एसिसी इजरायलले खेलेको भुमिकाको मुक्त कण्ठले प्रशंसा गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

त्यस्तै कार्यक्रमको समापन गर्दै एनआरएन अध्यक्ष दिपक ओलीले एनआरएनए इजरायलद्वारा आयोजित बडा दशै मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा सहभागिता जनाउने सम्पूर्ण संघ संस्थाहरु तथा प्रतियोगीहरुलाई  हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि एनआरएनएले यस्तै किसिमका कार्यक्रमहरु गर्दै जाने बताउदै त्यसमा सम्पूर्ण संघ संस्था तथा सहभागिहरुको साथ रहनेमा विश्वास व्यक्त गरे । अध्यक्ष ओलीले आगामी नयाँ बर्षमा एनआरएनए आइसिसीका अध्यक्ष शेष घले, बरिष्ठ उपाध्यक्ष कुमार पन्त र उपाध्यक्ष ववन भट्टलाई ल्याइ कार्यक्रम गर्ने घोषमा गरेका थिए ।

img_0186एनआरएनए-एसिसी इजरायल आयोजनामा गत १४ र  १५ अक्टूवर शुक्रवार र शनिवार दुई दिन गरि सम्पन्न  गरिएको उक्त मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा फूटवल, भलिवल, २ हजार मिटर लामो दुरी दौड, म्युजिकल चियर, चेस, हाँडीफोर, सियो धागो र चम्चा गुच्चा रेस सहित ८ वटा खेलहरु समावेश गरिएको भए पनि २ हजार मीटरको दौड,  चेस र सियो धागो खेलहरु भने समय अभावका कारण प्रतियोगितामा समावेश गराउन नसकेको आयोजकले जानकारी दिएको छ । आयोजकले ति खेलहरु रद्द गर्दा प्रतियोगिहरुमा पर्न गएको असरप्रति क्षमा प्रार्थी रहेको बताएको छ ।

पछिल्लो समय बिभिन्न सामाजिक तथा सहयोगी कार्यहरु गर्दै आइरहेको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एसिसी) इजरायलले आयोजना गरेको उक्त प्रतियोगिताले इजरायलमा रहेका नेपालीहरु तथा यहाँ स्थित नेपाली संघ संस्थाहरुविच सुमधुर सम्वन्ध कायम गर्दै आपसी सद्भाव सुदृढ गराउनुका साथै परदेशी भूमिमा  नेपालीहरुको सक्रियता र क्रियाशीलताको पनि मापन हुने हुनाले  मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गरेको बताएको छ ।