News Headlines

बडा दशैको अवसरमा इजरायलमा मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना

Posted on Oct 18 2016

एनआइ न्यूज इजरायल

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एसिसी)इजरायलले नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा इजरायलमा रहेका  विभिन्न संघ संस्थाहरुविच मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको अयोजना गरेको छ ।

रोजगारी, अध्यन, व्यवसाय लगायत विभिन्न शिलशिलामा इजरायलमा रहेका नेपालीहरु र यहाँ रहेका विभिन्न नेपाली संघ संस्थाहरुविच सुमधुर सम्वन्ध कायम गर्दै आपसी सद्भाव सुदृढ गराउने उद्देश्यका साथ इजरायलमा रहेका नेपालीहरुको विदालाई अध्यनजर गरी आगामी १४ र  १५ अक्टूवर शुक्रवार र शनिवार आयोजना गरिदै गरेको मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा फूटवल, भलिवल, २ हजार मिटर लामो दुरी दौड, म्युजिकल चियर, चेस, हाँडीफोर, सियो धागो र चम्चा गुच्चा रेस सहित ८ वटा खेलहरु समावेश गरिने आयोजक एनआरएनए-एनसिसी इजरायलले जनाएको छ ।

आयोजकले फुटवल र भलिवल खेल खेल्नको लागि नाम दर्ता शुल्क प्रति टिम ५०० शेकेल तोकेको छ भने २ किलोमिटर दौडकोलागि प्रति व्यक्ति ५० शेकेल नाम दर्ता शुल्क तोकेको छ । त्यस्तै अन्य खेलकोलागि नामावली दर्ता शुल्क र उपहार योजनाहरु भने यस पछिको सुचानामा प्रकाशित गरिने आयोजकले जनाइएको छ । त्यस्तै आयोजकले आगामी १० अक्टुवर सोमवार साँझ १० बजेसम्मकोलागि नामावली दर्ता अवधि तोकेको छ । नामावली दर्ताकोलागि नेभेसनान २० स्थित एनआरएनए एनसिसी इजरायलको सचिवालय या एनआरएनए एनसिसी इजरायलका पदाधिकारी तथा सदस्यहरुलाई सम्पर्क गरी नाम टिपाउन अनुरोध गरेको छ ।

त्यस्तै आयोजकले २ किलोमिटर दौड १५ अक्टूवर शनिवार विहान ८ बजेदेखि शुरु हुने बताएको छ भने फुटवल, भलिवल अन्य खेलहरु भने शुक्रवार साँझ ४ बजेदेखि नै शुरु हुने जनाएका छन् ।

आयोजकले फुटवल तर्फ प्रथम स्थान हासिल गर्ने टिमलाई २ हजार शेकेल नगद उपहार, मेडल र प्रमाण पत्र, द्वितिय  स्थान हासिल गर्ने टिमलाई १ हजार शेकेल नगद उपहार, मेडल र प्रमाण पत्र, तृतिय स्थान हासिल गर्ने टिमलाई मेडल र प्रमाण पत्र प्रदान गरिने बताएको छ भने  भलिवलमा पुरुष तर्फ प्रथम स्थान हासिल गर्ने टिमलाई १ हजार ५ सय शेकेल नगद पुरस्कार, मेडल र प्रमाण पत्र, द्तिय स्थान हासिल गर्ने टिमलाई मेडल र प्रमाण पत्र दिइने छ । त्यस्तै महिला तर्फ प्रथम स्थान हासिल गर्ने टोलीलाई १ हजार शेकेल नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने द्वितिय स्थान हासिल गर्ने टोलीलाई मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।