News Headlines

हरितालिका तीज सांगितिक उत्सवमा भाग लिन कलाकारहरु इजरायलमा (भिडियो रिपोर्ट सहित)

Posted on Oct 18 2016

एनआइ न्यूज इजरायल मोनिका शर्मा

नेपाली नारिहरूको विशेष पर्व हरितालिका तीजको पावन अवसरमा इजरायलमा रहेका नेपाली दिदीवहिनीहरुलाई आफ्नै गाउ घरको झल्को दिलाउने अभिप्रायले नेपालका चर्चित राष्ट्रिय कालाकहरुको उपस्थितीमा आयोजना गरिएको ‘हरितालिका तीज सांगितिक साँझ २०७३’ मा सहभागी जनाउन कलाकारहरु इजरायल आइ पुगेका छन् ।

२ सेप्टेमव्र शुक्रवार आयोजना गरिदै गरेको हरितालिका सांगितक उत्सव २०७३मा आफ्नो दमदार सहभागिता जनाउन कलाकारहरु चर्चित लोक तथा दोहोरी गायिका मुना थापा मगर, लोक गायक अमृत खाती,  भर्सटाइल गायिका जुना प्रसाई र कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने चर्चित केमेडी शो ह्वाच दि फ्लपका कार्यक्रम संचालक तथा कमेडियन सन्दिप क्षेत्री काठमाण्डौ बैंङ्कक हुदै आज विहान करिब ८  बजे इजरायलस्थित अन्तराष्ट्रिय  वेन गुरियन विमानस्थल  आइपुगेको आयोजक एनआरएनए एनसिसी इजरायलका अद्यक्ष दिपक प्रसाद ओलीले जानकारी दिनुभयो ।

कलाकारहरुलाई  अध्यक्ष दिपक ओली, कोषाध्यक्ष तारा काउचा, प्रवक्ता संगिता ओली, महिला प्रतिनिधी सुजाता गौतम नयन सापकोटा लगायतको आयोजक टोलिका सदस्यहरुले खादा तथा फुलगुच्छाले भव्य स्वागत गरेका थिए ।
रोजगारीको शिलशिलामा इजरायलमा रही विभिन्न जघन्य रोगहरुको शिकार भई अस्पातल र तेलअभिवका अपार्टमेन्टहरुमा वेरोजगारी अस्थामा वस्न वाध्य नेपालीहरुको आर्थिक सहयोगका लागि आयोजना गरिदै गरेको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको पनि दमदार सहभागिता रहने जनाइएको छ ।
तेलअभिवको तेलअभिव युनिभर्सिटी एकोरियमको १३०० सिट क्षमता भएको सुविधायुक्त हलमा आयोजना गरिने उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुतिका साथमा इजरायलमा रहेका स्थानिय कलाकारहरूको पनि प्रस्तुती रहने भएकाले इजरायलमा रहेका सम्पूर्ण  नेपालीहरुलाई सहभागिताकोलागि आयोजकले हार्दिक अनुरोध गरेका छन् ।

कार्यक्रम शुक्रबार साँझ ८ बजेबाट सुरु हुने बताइएको छ ।