News Headlines

एनआरएनए एनसिसी इजरायलका अध्यक्ष दिपक ओलीद्वारा कार्यक्रमको विषयलाई लिएर नकारात्मक हल्लाह नफिज्न आग्रह

Posted on Oct 18 2016

एनआइन्यूज इजरायल मोनिका शर्मा

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा इजरायलमा रहेका दिदीवहिनीहरुले आफू अनुकुल जम्मा भई तीजको दरखाने क्रम शुरु भएको छ ।  इजरायलको विभिन्न क्षेत्रहरुमा रहेका नेपाली दिदीवहिनीहरुले आफूलाई पाइपर्ने ठाउँमा जम्मा भई तीजको दर खाने र तीजको गीतमा नाचगान गरी रमाइलो गर्ने क्रम जारी छ ।

त्यस्तै इजरायलवासी नेपाली दिदीवहिनीहरुलाई चर्टित राष्ट्रिय कलाकारहरुको उपस्थितिमा दर खुवाउदै तीज मनाउन करिव ६ महिना अघिदेखि  इजरायलमा रहेका नेपालीहरुविच एकतावद्द रुपमा तीज महोत्सवको रुपमा मनाउने इजरायलमा रहेका संघसस्थाहरुको जोड कोसिसका वावजुध यस पटक पनि गएका बर्षहरु जस्तै अन्तत दुई वटा कार्यक्रमहरु आयोजना गरिने भएका छन् । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको आयोजना तथा इजरायलमा रहेका अन्य १४ वटा संघ संस्थाहरुको सह आयोजनामा इजरायलको तेलअभिव युनिभर्सिटी अकोडियममा २ सेप्टेम्वर साँझ ८ बजे ‘हरितालिका तीज सांगितिक उत्सव २०७३’ को आयोजना गरिने भएको छ भने नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले पनि छुट्टै कार्यक्रमको आयोजना गरी तीज मनाउन लागेको छ ।

यसपटक एनआरएनए एनसिसीले चर्चित राष्ट्रिय कलाकारहरु लोक तथा दोहोरी गायिका मुना थापा मगर, लोक गायक अमृत खाती, हरेक किसिमकका गीतहरु गाउन सक्ने चर्चित गायिका जुना प्रसाई र कान्तिपुर टेलिभिजनबाट प्रसारण हुदै आइरहेको चर्चित कमेडी सो द फ्लप शोका संचालक, कमेडियन सन्दिप क्षेत्रीको जोडदार प्रस्तुतीको साथमा आयोजमा गर्दै गरेको हरितालिका तीज उत्सव २०७३ के कसरी कस्तो हलमा आयोजना हुदैछ ? भन्ने विषयमा हामीले एनआरएनए एनसिसी इजरायलका अद्यक्ष दिपक प्रसाद ओलीलाई प्रश्न गरेका थियौं । अध्यक्ष ओलीले हरितालिका तीज उत्सव २०७३ को बारेमा बाहिर विभिन्न नकारात्मक हल्लाहरु आइरहेको भन्दै  ती कुराहरुमा कुनैपनि सत्यता नभएको बताउनुहुदै त्यस्ता हल्लाहरु फिजाएर माहौललाई नबिगार्न सम्वन्धित सबैमा अनुरोध गरेका छन् ।

यसै विषयमा तयार पारिएको विशेष रिपोर्ट यहाँ हेर्न सक्नुहुनेछ :