News Headlines

एन आर एनएजापानको आयोजनामा ‘नेपाल डे फेस्टिवल २०१६’ भब्य रुपमा सफल

Posted on Oct 10 2016

नेपाल डे फेस्टिवल २०१६ भब्य सफल भएकोमा आयोजक एन आर जापान ,जापानवासी सम्पूर्ण संघ संस्था तथा नेपालीहरुलाई वर्ल्ड नेवा: अर्गनाईजेशन जापान द्वारा बधाई तथा धन्यवाद दिनु भएको छ l13912367_228949407505316_1202113811074493067_n

जापानीहरुको अत्यन्तै न्यून सहभागि भएपनि अत्याधिक नेपालीहरुको सहभागिताले कार्यक्रम हर्ष उल्लासले सम्पन्न भएकोमा वर्ल्ड नेवा:अर्गनाईजेश न जापान का प्रतिनिधि राम भक्त जोशीले आयोजक कमिटीलाई बधाई तथा धन्यवाद दिनु भएको छ l

यस वर्षको कमि कमजोर लाई हटाई अर्को वर्ष नेपाल डे फेस्टिवलको मन्चमा सकेसम्म नेपाली संस्कृति झल्कने कार्यक्रम गर्न सकेमा सुनमा सुगन्ध थप्ने कुरा अर्गनाईजेशनका प्रतिनिधि कृष्ण बदन जोशीले बताउनु भयो l

अगस्त ६ र ७ तारेख दुई दिवसिय नेपाल डे फेस्टिवलमा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानद्वारा प्रस्तुत गरिएको नेवार भेष भुषा र सांस्कृतिक कार्यक्रम उल्लासमय रुपमा सम्पन्न भएको छ l लाखे ,झ्यालिंचा नाच,तायमचा नाच , नेवार बाजागाजा ,कुमारी तथा नेवार भेष भुषाको प्रस्तुतिले नेपालको जात्रा जस्तै भरपुर मनोरंजन दिलाएको थियो ।

जापानवासी नेवारहरुको सक्रिय सहभागिताले यसपालिको नेपाल डे फेस्टिवलमा नेवार संस्कृति झल्कने बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुत गर्न सकिएको र दुई दिने फेस्टिवलमा सहभागी हुनु भएका सम्पूर्ण साथीहरुलाई धेरै धेरै धन्यवाद दिनुहुँदै जापानवासी नेवारहरु वल्ल जाग्यो भन्दै वर्ल्ड नेवा: अर्गनाईजेशन जापानकी प्रतिनिधि सबिता श्रेष्ठज्युले खुशी व्यक्त गर्नु भएको छ l13653116_227570574309866_2175634281865790758_o

नेवार संस्कृति भनेको नै नेपालको संस्कृति भएको हुनाले जापानमा हाम्रो संस्कृतिको सरंक्षण ,सम्बर्धन गर्ने दायित्व हामी सम्पूर्ण जापानवासी नेपालीहरुको हातमा रहेको कुरा अर्गनाईजेशनका अर्को प्रतिनिधि जनक राज शाक्यज्युले बताउनु भएको छ l

यसपालिको नेपाल डे फेस्टिवल २०१६ मा नेपालीहरुको सहभागी उल्लासमय रही सफल भएकोमा उक्त कार्यक्रम आयोजनाका संयोजक सुदन थापाज्युलाई अर्गनाईजेशनको तर्फबाट प्रतिनिधि प्रकाश लाल श्रेष्ठज्युले बधाई तथा धन्यवाद दिनु भएको छ l

फेस्टिवल सफल भएकोमा बधाई दिनु हुँदै नेपाल डे फेस्टिवलको मन्चमा नेपाल को संस्कृति झल्कने नेपाली सांस्कृतिक कार्यक्रमहरुलाई पहिलो प्राथमिकता दिनु पर्ने र नेपालको सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्न वर्ल्ड नेवा:अर्गनाईजेशन जापान संधै सहकार्य गर्न तत्पर रहेको कुरा को जानकारी अर्गनाईजेशनकी प्रतिनिधि इन्दिरा सुजुकी राजभन्डारीज्युले बताउनुभएको छ l 13912335_228949560838634_1862916430409663499_n

बिगत ९ वर्ष देखि जापानमा आयोजना हुँदै आएको नेपाल डे फेस्टिवल यो वर्ष नेपाल जापान कूटनैतिक सम्बन्धको ६० औं वर्ष गाँठ पनि परेकोले थप महत्वका साथ् मनाईएको हो l

जापानमा क्रियाशील संघसंस्थाहरुको सहकार्यमा एनआरएन जापानले यो वर्षको नेपाल डे फेस्टिवलको आयोजना गरेको हो l

वर्ल्ड नेवा:अर्गनाईजेशन जापान ,नेवा:जागरण मंच जापान र नेवा:अन्तरास्ट्रिय फोरम जापानको सक्रियतामा यसपालिको नेपाल डे फेस्टिवलमा नेवार सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको हो l