News Headlines

एनआरएनए इजरायलद्वारा चर्चित कलालारहरुको उपस्थितीमा “हरितालिका तीज सांगितिक उत्सव २०७३” को आयोजना

Posted on Oct 18 2016
एन आइ न्यूज इजरायल,
 
इजरायलमा रहेका नेपाली दिदि वहिनीहरुले यस बर्षको हरितालिका तीज गएका बर्षहरुमा जस्तै यो बर्ष  पनि चर्चित कलाकारहरुको उपस्थितीमा विशेष कार्यक्रमको आयोजना गरी मनाउने भएका छन् ।
 
रोजगारीका लागि परदेशिएका नेपालीहरु बर्ष दिनमा आउने चाडबाड मनाउन घरदेश जान असहज हुने हुदा कर्मभुमीमै आफ्ना लोकप्रिय कलाकारहरुलाई आमन्त्रण गरी उनीहरुसँग रम्दै चाडबाट मनाउने क्रममा  यस बर्ष  गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी)  इजरायलको आयोजना,  तथा इजरायलमा रहेका विभिन्न संघ संस्थाहरुको सह आयोजनामा चर्चित कलाकारहरुको उपस्थितीमा भव्य  कार्यक्रमको आयोजना गरी हरितालिका तीज मनाउन लागिएको हो ।
 ‘हरितालिका तीज सांगितिक उत्सव २०७३’ नाम दिइएको उक्त कार्यक्रममा चर्चित लोक गायिका मुना थापा मगर, ख्यातिप्राप्त लोक गायक अमृत खाती,  भर्सलटाइल गायिका जुना प्रसाई र लोकप्रिय नेपाली टेलिभिजन च्यानल कान्तिपुर टेलिभिजनबाट प्रत्येक साता प्रसारण हुदै आइरहेको समसामयिक विषयवस्तुहरुमा आधारित हाँस्य व्यंग्यात्मक कार्यक्रम ‘ह्वाट द फ्लप’का प्रस्तोता तथा व्यंग्य कलाकार सन्दिप क्षेत्रीको वेजो़ड मनोरञ्जनात्मक प्रस्तुतीका साथमा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजकले जनाएका छन् ।
Teej NRN for webइजरायलमा आयोजना हुने प्रायजसो कार्यक्रमहरु महिनाको दोस्रो साता (१० तारिख भन्दा पछि) आयोजना गरिने भएपनि यस पटकको तीज पर्वको तिथी त्यस अघि नै परेकाले आगामी  २ सेप्टेम्वर शुक्रवारको लागि तय गरिएको हो ।
 
इजरायली मेनपावर एजेन्सी याद-बेयादको प्रयोजन रहने उक्त कार्यक्रममा इजरायलका विभिन्न संघ-संस्थाहरु नेपाल मगर संघ इजरायल, रुपन्देही  समाज इजरायल,  अन्तराष्ट्रिय कलाकार मञ्च शाखा इजरायल, हिन्दु जागरण नेपाल अभियान इजरायल, बिश्व नेपाली साहित्य महासंघ  शाखा इजरायल, किरात राई यायोक्खा  नेपाल इजरायल, नारीका लागि नारी अक्षयकोष, श्री सत्य साइ केन्द्र इजरायल, झापाली सामाज इजरायल, सोसाईटी अफ हेल्पिंग हर्ट्स इन इजरायल, श्री कृष्ण प्रणामी गैर आवासीय  नेपाली युवा परिषद इजरायल, चितवन समाज इजरायल र अन्तराष्ट्रिय  नेपाली कलाकार समाज इजरायल सह आयोजकका रुपमा रहेका छन् भने इजरायलबाट संचालित पहिलो नेपाली अनलाइन मिडिया  नेपाल इजरायल डट नेट संचार साझेदारको रुपमा रहेको छ  ।
 
तेलअभिवको नजिकै रहेको तेलअभिव युनिभर्सिटी एक्युरिएमको सानदार हलमा बेलुकी ठिक ८ बजेदेखि आयोजना गरिने उक्त कार्यक्रम  रोजगारीको शिलशिलामा इजरायलमा रही विभिन्न जघन्य रोगहरुको शिकार भई अस्वस्थ वन्न पुगेका नेपालीहरुको सहयोगको लागि आयोजिना गरिदै गरेको आयोजक एनआरएनए एनसिसी इजरायलकी प्रवक्ता संगिता ओलीले बताइन । प्रवक्ता ओलीले इजरायलको तनावपूर्ण कामको क्रममा अधिंकाश नेपालीहरु विभिन्न किसिमका रोगहरुबाट पिडित भई रोजगार विहिन अवस्थामा अस्पताल र अपार्टमेन्टहरुमा बस्नुपर्दा आर्थिक अभावका कारण झेल्नु परेको पिडालाई एनआरएनले नजिकबाट महसुस गरिरहेको बताउनुहुदै उनीहरुको उपचारमा सहजता ल्याउन गएको केही महिनादेखि एनआरएनए इजरायलले पहल गरिरहेको बताउनुहुदै आगामी दिनमा कुनै पनि नेपालीलाई त्यस किसिमको पिडा झेल्नु नपरोस् भन्ने उद्देश्ययले एनआरएनएको कोषलाई मजवुत वनाउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
 
स्मरण रहोस् एनआरएनए इजरायलले संस्थाको कोषबाच गत मार्चदेखि रोजगारीकालागि इजरायलमा रहेकी क्यान्सर रोगबाट पिडित हिरा तामाङलाई मासिक ५०० शेकेल उपलव्ध गराउदै आइरहेको छ ।