एनआइ न्यूज इजरायल
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले लामो समयदेखि अध्ययन तथा अध्यापनको शिलशिलामा इजरायलमा रहेका संस्थाका सचिव विनोद घिमिरेलाई स-सम्मान विदाई गरेको छ ।
एनआरएए एनसिसी इजरायलले गत शुक्रवार तेलअभिवस्थित संस्थाको सचिवालयमा अध्यक्ष दिपक ओलीको सभापतित्वमा एक औपचारिक तथा रात्रीभोज कार्यक्रमको आयोजना गरी सचिव घिमिरेलाई विदाई गरेको हो ।
घिमिरेलाई अद्यक्ष दिपक ओली, बरिष्ठ उपाध्यक्ष विशाल ओली लगायत संस्थाका पदाधिकारी तथा सदस्यहरुले संयुक्त रुपमा प्रशंसापत्र हस्तान्तरण गरी खादा ओढाएर विशेष सम्मानका साथ विदाई गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संस्थाका बरिष्ठ उपाध्यक्ष विशाल ज्ञवालीले प्रवासमा रही सामुहिक रुपमा ठूलो मनका साथ परोपकारकारी कार्यहरुमा सहकार्य गर्दै आउनुभएका सचिव घिमिरेसँग एउटै संस्थामा रही काम गर्दा आफू लगायत संस्थाका अन्य सहकर्मीहरुले समेत सहज अनुभुती गर्ने गरेको बताउनुभयो । उहाँले विशेष परियोजनाकासाथ स्वदेश फर्कदै गर्नुभएका घिमिरेलाई कार्य सफलताको कामना गर्दै उहाँको स्वदेश वसाई सहज र फलदायी वनोस् भव्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
करिव ७ बर्षअघि देखि कृषि अध्ययन अध्यापनको शिलशिलामा इजरायलमा रहेका घिमिरेले साना किसान विकाश बैंकसँग सम्वन्धित कृषकहरुलाई इजरायल सरकारले उपलव्ध गराउदै आइरहेको ११ महिने कृषि तालिममा इजरायल आउने कृषकहरुको नेतृत्व तथा अध्यापनको जिम्मेवारी सम्हाल्दै आइरहेका थिए । हाल आफ्नो इजरायल बसाईको अवधि बाँकी रहेपनि त्यसलाई छोट्याउदै विशेष परियोजनाको शिलशिलामा आफू स्वदेश फर्किन लागेको सचिव घिमिरेले नेपाल इजरायल डट नेटलाई जानकारी दिए ।
कार्यक्रममा संस्थाकी प्रवक्ता संगिता ओलीले यसपटकको तीज इजरायलमा रहेका सम्पूर्ण संघ संस्थाहरुलाई समेटेर एउटै मञ्चमा भव्यताका साथ मनाउन विशेष तयारी थालिएको जानकारी गराउनुभएको थियो । त्यस्तै उहाँले कार्यक्रमका दौरान विगत ५ महिनादेखि एनआरएनए एसिसी इजरायलले क्यान्सर रोगबाट पिडित एक महिलालाई मासिक ५०० शेकेल उपलव्ध गराउदै आइरहेकी ती महिलालाई यो महिनाको सहयोग राशी ५०० शेकेल पनि उपलव्ध गराइएको थियो ।
Copyrights © 2025, Non Resident Nepali Association Israel. All Rights Reserved.
Powered by: Weblink Nepal