गैर आवासिय नेपली संघ राष्ट्रिय समन्व परिषद (NRNA- NCC) इजरायलले महामहिम राजदूत प्रल्हाद कुमार प्रसाईलाई सम्मान तथा विदाई गरेको छ ।
आफ्नो ४ बर्षे कार्यकाल समाप्त गरी स्वदेश फर्किने क्रममा रहनुभएका इजरायलकालागि नेपाली राजदूत महामहिम प्रसाई तथा उहाँकी धर्मपत्नी सिता प्रसाईलाई एनआरएनए एसिसी इजरायलले २७ मई शुक्रवार साँझ इजरायलको हर्चेलियास्थित एक तन्दुरी रेस्टुरेन्टमा रात्री भोजको आयोजना गरी अनौपचारीक कार्यक्रमका विच सम्मान तथा विदाई गरेको हो ।
एनआरएनए एनसिसी इजरायलका अध्यक्ष दिपक प्रसाद ओली लगायत संस्थाका सम्पूर्ण पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुको टोलीले सम्मान पत्रको साथमा मायाको चिनो सहित खादा ओढाएर महामहिम प्रसाई दम्पतीको सम्मान तथा विदाई गरेको थियो ।
सम्मान अर्पण गर्दै अध्यक्ष दिपक प्रसाद ओलीले आफूहरुको निमन्त्रणालाई स्विकारी गरी कार्यक्रममा आइदिएकोमा राजदूत प्रसाई तथा उहाँकी धर्मपत्नी सिता प्रसाई, काउन्सिलर रामश्वर पौडेलप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो । उहाँले इजरायलमा दोस्रो राजदूतको रुपमा आई ४ बर्षे कार्यकाल बिताउदा इजरायलमा रहेका नेपाली समुदायविच राजदूत प्रसाईले प्रस्तूत गर्नुभएको आफ्नो कुशल छविको मुक्त कण्ठले प्रशंसा गर्दै नेपाल र इजरायलविचको दौत्य सम्वन्ध अहिलेको अवस्थामा ल्याईपुर्याउन, नेपाली कामदारलाई सहज रुपमा इजरायल ल्याउन, नेपालको कृषि क्षेत्रमा इजरायलको विकशित कृषि प्रणालीलाई भित्राउन गर्नुभएको पहल लगायतका महत्वपूर्ण कार्यबहरु सबै सामु छर्लङ्ग रहेको बताउनुहुदै उहाँको कार्यकुशलताले राजदूत प्रसाई एक कुशल कुटनितिज्ञको रुपमा उभिन सफलभएको बताउदै महामहिम प्रसाईलाई हार्दिक वधाई अर्पण गरेका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै महामहिम प्रसाईले आफ्नो कार्यकालको बारेमा छोटकरीमा समिक्षा प्रस्तूत गर्नुभएको थियो । उहाँले नेपाल र इजरायल विचको ऐतिहासिक सम्वन्धलाई नयाँ उचाई दिन आफू केही हदसम्म भएपनि सफल भएको बताउनुहुदै कार्यक्रमको आफ्नो सम्मान तथा विदाईको लागि कार्यक्रमको आयोजना गरेकोमा एनआरएनए एसिसी इजरायल परिवारप्रति हार्दिक आभार व्यक्त गर्नूभएको थियो ।
कार्यक्रममा महामहिम राजदूत प्रल्हाद कुमार प्रसाई साथमा उहाँकी धर्मपत्नी सिता प्रसाई, नेपाली राजदूतावास इजरायलका काउन्सिलर तथा उपनियोग प्रमुख रामेश्वर पौडेल लगायत एनआरएनए इजरायलका सम्पूर्ण टिम उपस्थित रहेको थियो ।
Copyrights © 2025, Non Resident Nepali Association Israel. All Rights Reserved.
Powered by: Weblink Nepal