एन आई न्यूज इजरायल
एनआरएनए एनसीसी इजरायलको प्रमुख आयोजना तथा इजरायलका १२ अन्य संघ-संस्थाहरुको सह-आयोजनमा १५ अप्रिल २०१६ शुक्रबारका दिन तेलअभिबको हाहगना मार्ग १३५ स्थित वेतवारवर हलमा हुन गइरहेको ‘नयाँ बर्ष साँगितिक साँझ २०७३’ मा सहभागिता जनाउन कलाकारहरु इजरायल आईपुगेका छन् ।
कार्यक्रमलाइ सफल बनाउन भारतिय टेलिभिजन च्यानल जीटिभीबाट प्रसारण हुदै आइरहेको चर्चित रियालिटी सो डान्स इन्डिया डान्स लिटिल च्याम्प्स तेस्रो संस्करणकी विजेता नेपाली चेली तेरिया मगर तथा उनकी आमा मुम्बई, कतार-साइप्रस हुदै आज दिउसो ३:१५ मा इजरायल बेन-गुरियन बिमानस्थल आइपुगेका छन् भने चर्चित कमेडी गायक श्रीकृष्ण लुईंटेल र नबोदित गायिका मेलिना राई काठमाडौँ, कतार, साइप्रस हुदै बेन-गुरियन बिमानस्थल आइपुगेका छन् ।
कलाकारहरुलाई स्वागत गर्न आयोजक संस्था एनआरएनए एनसीसी इजरायलका अध्यक्ष दिपक ओली, बरिष्ट उपाध्यक्ष बिशाल ज्ञवाली, उपाध्यक्ष छिरिंग शेर्पा , कोसादक्ष्य तारा काउचा, महिला प्रतिनिधि सुजाता गौतम, प्रबक्ता संगीता ओली तथा राज दाहाल लगायतका प्रतिनिधिहरुले बेनगुरियन एअरपोर्टमा फूलगुच्छा तथा खादा ओढाएर स्वागत गरेका थिए ।
कलाकारहरुको इजरायल आगमनसँगै ‘नयाँ बर्ष साँगितिक साँझ २०७३’ को तयारी अन्तिम चरणमा पुगेको छ । कलाकारहरुले परोपकारी कार्यकोलागि च्यारेटी संकलनार्थ आयोजना गरिन लागेको उक्त कार्यक्रममा सहभागि भई नाच्न, गाउन र रमाउन इजरायलमा रहेका सम्पूर्ण संघ संस्था तथा इजरायलवासी नेपालीहरुलाई हार्दिक अनुरोध गरेका छन् ।
त्यस्तै कलाकारहरुलाई स्वागत गर्दै एनआरएनए इजरायलका अध्यक्ष दिपक ओलीले सहयोग सङ्कलनार्थ च्यारिटी कार्यक्रम भएकोले पवित्र कार्यको लागि आयोजना गरिदै गरेको उक्त कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण इजरायलासी नेपालीहरुमा हार्दिक आह्वान गरेका छन् । आयोजकले तेलअभिवको लेवन्सकी पार्कदेखि कार्यक्रम स्थलसम्म नि:शुल्क यातयात सुविधाको समेत ब्यबस्था रहेको जानकारी गराएका छन् ।
एनआरएनए एनसीसी इजरायलको प्रमुख आयोजना रहेको सो कार्यक्रममा इजरायली मेन पावर एजेन्सी याद वेयाद लगायत इजरायलमा रहेका विभिन्न १२ वटा संघ संस्थाहरु नेपाल मगर संघ इजरायल, हिन्दु जागरण नेपाल अभियान इजरायल, प्रवासी नेपाली नागरिक समाज इजरायल, हेल्पिङ हर्ट्स इन इजरायल,रुपन्देही सेवा समाज इजरायल, नारीकालागि नारी रु १ करोड १ अभियान, , किरात राई यायोख्खा नेपाल इजरायल, झापाली सेवा समाज इजरायल, श्री सत्य साई सेन्टर इजरायल, नेवा खल इजरायल र विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलको सह आयोजनामा आयोजना गरिदै गरेको उक्त वहुप्रतिक्षित कार्यक्रमबाट संकलन हुने च्यारेटी रकम असहाय दिनदुखी तथा प्रकृतिक प्रकोपबाट घरबार विहिन भएकाहरुको लागि सहयोग गरिने आयोजकले बताएका छन् ।
निर्धारित समयमै शुरुहुने भनिएको उक्त कार्यक्रममा दर्शकहरुले भरपुर मनोरञ्जन लिने विश्वास लिएको आयोजकले बताएका छन् । साथै आयोजकले सहयोग स्वरूप गरिएको सो कार्यक्रम पश्चात १६ अप्रिल २०१६ शनिबारका दिन कलाकारहरुका साथमा इजरायलको मृत सागर (Dead Sea) र मिनी इजरायलको भ्रमणको आयोजना गरिएको तथा सिट सिमित रहेकोले सहभागी हुन चाहाने सम्पूर्णलाई यथाशिघ्र नाम टिपाई सिट सुरक्षित गर्नुहुन अनुरोध समेत गरेका छन् ।
Copyrights © 2025, Non Resident Nepali Association Israel. All Rights Reserved.
Powered by: Weblink Nepal