News Headlines

एनआरएनद्धारा लुम्बिनी अञ्चल अस्पताललाई औषधी प्रदान

Posted on Oct 10 2016

भारतको नाकाबन्दी पछि लुम्बिनी अञ्चल अस्पतालमा अत्याबश्यक औषधी अभाब भएको अबस्थामा एनआरएनले औषधी उपलब्ध गराएको छ ।
एनआएएन ले लुम्बिनी अञ्चल अस्पतालमा अत्याबश्यक औषधी अभाब भएको अबस्थामा ३ लाख ९१ हजारको औषधी उपलब्ध गराएको हो।

एनआरएनका अध्यक्ष शेष घलेले लुम्बिनी अञ्चल अस्पताल बुटबलका मेसु डा राजेन्द्र खनाललाई उक्त औषधी हस्तन्तण गरेका थिए ।
भारतले गरेको नाकाबन्दी पछि औषधीको अभाबमा कुनैको पनि बिरामीको ज्यान नजाओस भनेर सहयोग स्वरुप थोरै भएपनि औषधी उपलब्ध गराएको अध्यक्ष शेष घलेले बताएका छन ।
उनले भारतले नाकाबन्दी गरेपछि नेपाल सरकार स्वास्थ्य मन्त्रालय संग छलफल गरेर १ करोडको अत्याबश्यक औषधी उपलब्ध गराएको बताएका छन ।  उनले नेपालमा भएको अबस्था प्रति बिश्वभर जानकार गराएको समेत बताए ।

औषधी हस्तन्तणमा बोल्दैै लुम्बिनी अञ्चल अस्पताल बुटबलका मेसु डा राजेन्द्र खनालले समस्या भएको बेला ठुलो राहत भएको बताएका छन ।

औषधीको अभाबमा हामीले सेवा बन्दगर्ने अबस्थामा भएका थियौ अत्याबश्यक औषधी उपलब्ध राहत भएको बताएक छन
एनआर एनकी प्रबक्ता रन्जु थापा बाग्लेले काठमान्डैपछि रुपन्देहीको लुम्बिनी अञ्चल अस्पताल जनकपुर र बिरगन्जमा समेत औषधी उपलब्ध गराएको बताएकी छन ।

उनले लुम्बिनी अञ्चल अस्पतालाई ३लाख ९१ हजारको औषधी दिएको बताएकी छन । उक्त औषधी हस्तन्तणमा एनआरएनका संस्थापक सल्लाहकार लगायत को उपस्थि भएको थियो ।