News Headlines

एनआरएन इजरायलद्वारा नेपाली चेलीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त

Posted on Dec 01 2015

एन आइ न्यूज इजरायल

एनआरएनए एनसिसी इजरायलले आज विहान इजरायलको राजधानी जेरुशलेममा प्यालेस्टेनी आतंकवादीको आक्रमणमा परेकी नेपाली चेली इश्वरी थपलियाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ ।

संघले आइतवार राती विज्ञप्ति जारी गर्दै इजरायलवासी नेपालीहरुलाई सजग रहन पनि हार्दिक आह्वान गरेको छ ।

जारी विज्ञप्तिमा इजरायलमा आतंकवादीद्वारा छुरा प्रहार गर्ने गतिविधि अझै जारी रहेकाले एनआरएनए इजरायलमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई सतर्क रहन हार्दिक आह्वान गरिएको छ । त्यस्तै संघले बस स्टेसन, सपिङ कम्पेल्क्स, एकान्त अथवा भिडभाड ठाउँहरुमा जानुपर्दा आफ्नो रोजगारदाताको साथमा या आफ्नो साथीभाईहरुको साथमा अगाडि, पछाडि, दायाँबायाँ हेर्दै होसियारीका साथ हिडडुल गर्नुहुन हार्दिक अनुरोध गर्दै त्यस्तै पछिल्लो समयमा स्मार्ट फोनहरुमा व्यस्त रहदा दायाँबायाँ अगाडि पछाडिबाट हुनसक्न संभावित आक्रमणमा पर्न सकिने वा सवारी दुर्घटनामा समेत पर्न सकिने कुराको जानकारी गराउदै आकस्मिक सम्पर्ककोलागि

संघका अध्यक्ष दिपक ओली सम्पर्क नम्वर 0525496199, संघका कुनै पनि पदाधिकारी तथा सदस्यहरु या नेपाली राजदूतावासको सम्पर्क 035100111 मा सम्पर्क गर्न अनुरोध गरेको छ

जारी विज्ञप्तिको पूर्ण अंश :

hhh