News Headlines

नाकाबन्दीविरुद्ध एनआरएन इजरायलद्वारा तेलअभिवमा विरोध प्रदर्शन

Posted on Dec 01 2015

एनआई न्यूज इजरायल

इजरायलमा बस्ने नेपालीहरुले पनि भारतीय नाकाबन्दी विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

गैर आवासिय नेपाल संघ राष्ट्रिय समन्वय परिषद (एनआरएए एसिसी) इजरायलको आयोजनामा इजरायलमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारीहरु, पत्रकारहरु लगायत उल्लेख्य नेपालीहरुको उपस्थितिमा २७ नोभेम्वर शुक्रवार तेल अभिवको लेवन्स्की पार्कमा प्रदर्शन गरेका हुन् ।

Your Action Is Inhuman and Against International Law ! Back off India, Modi You are more desiructive than Earthquake, Nepal Hopes This Doesn't Happen To You, India Remove the Illegal Blocked of Nepal, Back Off India लेखिएका दर्जनौ प्लेकार्ड सहित उत्रिएका नेपालीहरुले नेपालमाथि वढ्दो भारतिय हस्तक्षेप र अमानविय नाकावन्दीको विरोध गर्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शन पश्चात कोणसभामा परिणत सभामा बोल्दै प्रवासी नेपाली नागरिक समाज इजरायलका अध्यक्ष नवराज खड्काले भारतले नेपालमाथि गरेको अमानविय नाकावन्दीको जति विरोध गरेपनि त्यो कमी हुने बताउनुभएको थियो । उहाँले कार्यक्रममा नेपालीहरुको उपस्थितिप्रति असन्तुष्ट प्रकट गर्दै प्रवासबाट भएपनि राष्ट्रियताको सवालमा उठेका आवाजमा स्वर्स्फूर्त ढंगले समाहित हुनुपर्ने स्वरहरु नेपालमा विद्यमान जातिय पहिचान सहितको संघियताको नारा र यसकै कारण बिग्रदै गइरहेको आपसी मदभेदको प्रतिबिम्वका कारण समाहित हुन नसकेको होकी भन्ने आशंका उव्जाएको बताउनुभयो ।

20151127_145726794_iOSत्यस्तै कार्यक्रममा बोल्दै एनआरएन इजरायलका अध्यक्ष दिपक ओलीले भारतले लगाएको नाकावन्दी र उसको वढ्दो रवैयाप्रति कडा शव्दमा भत्सर्ना गर्नुभएको थियो । पछिल्लो समयमा विविध कारणहरुले नेपालीहरुविचको सदभाव विग्रिदै गइरहेको बताउदै हामी जहाँ रहेपनि सामाजिक सद्भाव र आपसी एकतालाई बलियो बनाउदै सरकारलाई मात्र दोष नदिई नागारिक उत्रदायित्व पुरा गर्न आआफ्नो स्थानबाट लागिपर्नुपर्ने कुरा औल्याउनुभयो ।

20151127_145725519_iOSकार्यक्रममा बोल्ने वक्ताहरुमा सोसाइटी अफ हेल्पिङ हर्ट्सका केन्द्रिय अध्यक्ष कृष्ण ज्ञवाली, एनआरएन अध्यक्ष दिपक ओली, प्रवासी नेपाली नागरिक समाजका अध्यक्ष नवराज खड्का, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रिय अध्यक्ष रामशरण बानिया, जय ओडारी, सत्य साई सेन्टरकी नेहा गुरुङ लगायतका थिए । कार्यकग्रममा बोल्ने वक्ताहरुले भारतको नाकावन्दीको आलोचना गर्दै भारतले नेपालको सार्वभौम सत्ताको सम्मान गर्दै भुपरिवेस्ठित देशले पाउने निर्वाध पारवहनको सुविधा दिनु पर्ने बताएका थिए ।

भारतले नाकाबन्दी गरेपछि भूपरिवेस्ठित देश नेपालका करिव तीन करोड नेपाली निकै असहजस्थितीमा जीवनयापन गरिरहेका छन् । नेपालीहरुले भोग्नु परेको असहजस्थितीको बारेमा विश्वसमुदायलाई जानकारी दिन प्रदर्शन गरिएको गैरआवासीय नेपाली संघ इजरायलले जनाएको छ ।

भारतले नेपालको नयाँ संविधानको विरोध गर्दै असोजको पहिलो सातादेखि पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तु, खाध्यान्न र औषधीको आपूर्तीमा बाधा पुर्याउदै आएको छ ।

20151127_145725672_iOS

20151127_145724292_iOS

20151127_145726339_iOS

20151127_145726567_iOS