News Headlines

एनआरएनए इजरायल र अन्तराष्ट्रिय कलाकार समाजको संयुक्त आयोजनामा “शुभ दिपावली सप्तरंगी साँझ २०७२” भव्यरुपमा सम्पन्न

Posted on Dec 01 2015

नेपालमा गत वैशाख १२ र २७ गते गएको आम विनाशकारी भूकम्पबाट घरबार बिहिन भएका हरुका लागि १ हजार घर निर्माण सहयोगार्थ स्वरूप इजरायलमा यहि शुक्रबार १३ नोभेम्बर का दिन तेलअभिबको हाहागना मार्गस्थित बेतवारवर १३५ मा “शुभ दिपावली सप्तरंगी साँझ २०७२” भव्यताका साथ् सम्पन्न भएको छ ।

12240006_1107505472627066_4951218023460841112_nनेपालीहरुको दोस्रो ठुलो पर्ब तिहारको अवसर पारी गैर आवासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC Israel)इजरायल र अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको संयुक्त आयोजना तथा हिन्दु जागरण नेपाल अभियान इजरायल, मगर समाज इजरायल, रुपन्देही समाज इजरायल, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था, चितवन समाज इजरायल, नारीका लागि नारी अक्षयकोष र विश्व साहित्य महासंघ शाखा इजरायलको सह-आयोजनमा संचालित सो कार्यक्रमलाइ सफल बनाउन नेपालबाट आएका कलाकारद्वय ख्याती प्राप्त गायक तिलक बम मल्ल र चर्चित हाँस्य व्यंग्यकार शैलेन्द्र सिम्खडाको बिशेष सहभागीता रहेको थियो ।

sapta1उल्लेख्य इजरायलबासी नेपालीहरु तथा समाजसेवीहरुको उपस्थितिमा एनआरएनए एनसिसि इजरायलका अध्यक्ष दिपक ओलीको सभापतित्व, नेपाली राजदूतावास तेलअभिवका सहचारी कमल प्रसाद कोइरालाको प्रमुख आतिथ्यता र इजरायलमा 12235017_1107505412627072_8466372430122046654_nरहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको आतिथ्यता रहेको उक्त कार्यक्रम लक्ष्मीपूजा, दिप प्रज्वलन तथा देउसी-भैलोको गुञ्जनसँगै सुरुवात गरिएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलकी माला खनालले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमको औचित्य बारे प्रस्ट गरेकी थिईन । यस्तै कार्यक्रमका संयोजक धर्म भण्डारीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । भूकम्प पिडित १ हजार घर निर्माण सहयोगार्थ सो कार्यक्रममा गायक तिलक बम मल्लका सांगीतिक कोशेली तथा हास्य-व्यङ्गकार शैलेन्द्र सिम्खडाका राजनीतिक तथा सम-सामयिक सामाजिक परिवेशका ब्यङ्गयात्मक प्रस्तुति अनि स्थानीय कलाकारहरुको नृत्य तथा “द राइजिंग ब्याण्ड” नामक स्थानीय ब्याण्ड सहितको बेजोड प्रस्तुतिले कार्यक्रम हललाई निक्कै नै तताएको थियो ।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरुलाई भुकम्प पिडितहरुको लागि घर वनाउने जस्तो पबित्र कार्यका लागि नेपाल देखि आएर सहयोग गरेकाले प्रमाणपत्रका साथै खादा ओडाएर बिशेष सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा एनआरएनए आइसिसि सदस्य सुबास खरेलका साथै विभिन्न संघ-संस्थाका प्रितिनिधिहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो ।