एनआइ न्यूज इजरायल
गत १८ जुलाई १०१५ मा सम्पन्न गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलका नवनिर्वाचित पदाधिकारीहरुलाई एनआरएनए इजरायलको तत्कालिन निर्वाचन समितिले हरितालिका तीजको उपलक्ष्यमा तिज विशेष कार्यक्रमको अवसर पारेर १९ सेप्टेम्वर शनिबारका दिन प्रमाण-पत्र वितरण तथा सपथ ग्रहण गराएको छ ।
नेपाली राजदूतावास इजरायलका महामहिम राजदूत प्रल्हाद कुमार प्रसाईं साथमा उहाँकी धर्म पत्नी सिता प्रसाईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमका विशेष अतिथिहरुमा दूतावासका कन्सुलर खड्ग प्रसाद दाहाल तथा उहाँकी धर्मपत्नी, द्वितिय सचिव श्रीमती रोशन खनाल, लगायत संयुक्त राष्ट्रसंघिय चिकित्सक डा.ध्रुब कोइराला, संयुक्त राष्ट्रसंघका प्रतिनिधि अनिल तिवारी लगायत नेपालबाट इजरायल आएका चर्चित कलाकारहरु गायिका सुनिता दुलाल , नायिका सुष्मा अधिकारि र गायक बिजय लामालाई पनि बिशेष अतिथिको रुपमा मन्चमा स्वागत गरिएको थियो । त्यस्तै कार्यक्रममा इजरायलका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा नेपाल इजरायल डट नेट लगायतका अनलाइन पत्रिकाका संचारकर्मीहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।
निर्वाचन संयोजक नवराज खड्काको सभापतित्वमा प्रारम्भ गरिएको उक्त कार्यक्रम निर्वाचन समिति सदस्य नेहा गुरुङले संचालन गरेकी थिइन । एनआरएनए इजरायलका नवनिर्वाचित अध्यक्ष दीपक ओली, वरिष्ठ उपाध्यक्ष विशाल ज्ञवाली लगायतका पदाधिकारीहरुलाई प्रमुख अतिथि राजदूत प्रल्हाद कुमार प्रसाईंले एनआरएनए इजरायलको निर्वाचनमा विजय भएको प्रमाण पत्र वितरण गरेका थिए भने अन्य अतिथिहरुले अबिर तथा खादा लगाएर बधाई ज्ञापन गरेका थिए । पहलो चरणमा भएको उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष दीपक प्रसाद वलीलाई निर्वाचन संयोजक नबराज खड्काले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने अन्य पदाधिकारीहरुलाई अध्यक्ष ओलीले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष ओलीले मन्तव्य राखे संगै महामहिम प्रल्हाद कुमार प्रसाइले शुभकामना मन्तव्य दिएका थिए । सभापति खड्काले आफ्नो मन्तव्य सहित पहिलो चरणको कार्यक्रम अन्त भएको घोषणा गर्दै दोश्रो चरणको कार्यक्रमको लागि नवनिर्वाचित सचिव बिनोद घिमेरेलाई कार्यक्रम संचालन गर्न अनुरोध गरेका थिए भने नव निर्वाचित अध्यक्ष दीपक प्रसाद ओलीलाई दोश्रो चरणको कार्यक्रमको सभापतित्व गर्नको लागि सभापतिको व्याज लगाई दिएका थिए ।
राष्ट्रिय कलाकारहरुको मन्तव्य सहित अघि बढेको दोश्रो चरणको कार्यकम मिठा मिठा गीतहरुको प्रस्तुतीमा सामूहिक नृत्य सहित रातको साँढे ११ बजेसम्म चलेको थियो । शुक्रवारका बिदामा निस्केका नेपालीहरु शनिवार काममा फर्की सकेको कारण उल्लेख्य दर्शक श्रोता उपस्थिति हुन नसके पनि करिव डेढ देखि २ सय जना जतिको संख्यामा उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालीहरुले कलाकारहरुसंग भरपुर मनोरञ्जन लिइरहेको देखिन्थ्यो । प्रमुख अतिथि महामहिम राजदूत प्रल्हाद कुमार प्रसाईं लगायतका बिशेष अतिथिहरु पनि उत्साहपूर्वक नाचेर उपस्थित सबैलाई हौसला दिंदा उक्त कार्यक्रम थप रोचक र ऐतिहाँसिक बनेको थियो ।
Copyrights © 2025, Non Resident Nepali Association Israel. All Rights Reserved.
Powered by: Weblink Nepal