News Headlines

एनआरएन इजरायलको निर्वाचन परिणाम घोषणा, अध्यक्षमा दिपक वली निर्वाचित

Posted on Dec 01 2015

एनआरएनए निर्वाचन समिती इजरायलले गत १८ जुलाई शनिवार सम्पन्न एनआरएनए इजरायलको  भावी कार्यसमितिको लागि भएको निर्वाचनको परिणाम निर्वाचनको १ सातापछि आज घोषणा गरेको छ ।

समितिले सुचना जारी गरी  निर्वाचनको मत गणना कार्य अन्तिम अवस्थामा पुगी ६१ मत मात्र गन्न बाँकि रहेको अवस्थामा गणना हुन बाँकी मतपत्र केही व्यक्तिहरुले खोसेर लगेको र उमेदवारहरुमाथि हातपात भएको दुखद घटनाका कारण निर्वाचन समितिले निर्वाचन परिणाम घोषणा स्थगित गरेको कुरा उल्लेख गर्दै कार्य प्रारम्भ गरेदेखि मतगणना हुँदासम्मको सम्पूर्ण क्रियाकलाप, उम्मेदवारहरुले विभिन्न चरणको आचारसंहितामा गरेको हस्ताक्षर र मत गणनाको परिणाममा गरेको हस्ताक्षर सहितको घट्ना विवरण तथा विभिन्न पदका उम्मेदवारहरुले प्राप्त गरेको मत, बदर भएको मत र गणना हुन बाँकी रहेको मतको सम्पूर्ण विवरण तयार गरी अन्तिम निर्णयको लागि केन्द्र र क्षेत्रीय कार्यालयहरुमा पठाएको र केन्द्रवाट अन्तिम निर्णयको लागि समितिलाई प्राप्त भएको लिखित तथा मौखिक आदेश अनुसार समितिमा सुरक्षित रहेको प्रमाणको आधारमा  उमेदवारहरुलाई विजयी घोषणा गरेको हो ।

विजयी हुनेहरुमा अध्यक्ष पदका उमेदवार दिपक ओली, वरिष्ठ उपाध्यक्षमा विशाल ज्ञवाली, महिला उपाध्यक्षमा यमुना वस्नेत ढकाल,  उपाध्यक्षमा छिरिङ लामा शेर्पा, महासचिवमा तेन्जिङ शेर्पा, सचिवमा विनोद घिमिरे र कोषाध्यक्षमा तारा वहादुर काउचा रहेका छन् ।

त्यस्तै समितिले  महिला प्रतिनिधिका उम्मेदवारहरु संगीता देवी ओली र सुजाता गौतमको प्राप्त मत परिणाममा संगितादेवी ओली झिनो मत अन्तरले अग्रस्थानमा रहेपनि गन्न बाँकी ६१ मतले कुनै एक जनाको जीत सुनिश्चित नभएको कारण देखाउदै उक्त पदको मत परिणाम रद्ध  गरेको छ ।

समितिले  विजयी घोषित उम्मेदवारहरुले प्राप्त गरी सकेको मतलाई आधार मान्दा  गन्न बाँकी मत प्रतिद्वन्दी उम्मेदवारहरुले सबै प्राप्त गरेको अबस्थामा पनि कुनै असर पार्न नसक्ने भएकाले गणना गरिसकेको मत परिणामको आधारमा ति पदहरुमा उमेदवारहरुलाई बिजयी घोषणा गरिएको  बताएको  छ ।

त्यस्तै समितिले  दुई जना युवा प्रतिनिधि पदकोलागि परेको उमेदवारीमा युवा प्रतिनिधि पदका उमेदवार नारायण थापाले उमेदवारी फिर्ता लिएपछी  उक्त पदका अर्का प्रत्यासी वालकुमार राईलाईआ यस अघि नै निर्विरोध विजयी  घोषणा गरिसकेको छ भने ६ जना सदस्य पदकोलागि ७ जनाको उमेदवारी परेकोमा १ जना सदस्य पदका उमेदवार मित्र प्रसाद सिवाकोटीले उमेदवारी फिर्ता लिएपछि बाँकी ६ जना सदस्य पदका उमेदवारहरु पनि स्वत निर्विरोध विजयी भएको घोषणा  गरिसकेको छ । निर्विरोध निर्वाचित सदस्यहरुमा गोपी गुरुङ, भारती लिम्वु, सरिता विष्ट, नयन प्रसाद लिम्वु, ओम व. गुरुङ र  रुकमाया गुरुङ रहेका छन् ।

समितिद्वारा जारी सुचनाको पूर्ण अंश :

NRNgh2

 nrn2ghoshan