News Headlines

एनआरएनए इजरायलको निर्वाचन सौहार्दपूर्ण बाताबरणमा सम्पन्न, मतगणना जारी

Posted on Dec 01 2015

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल (NRNA) को भावी कार्य-समिति चयनको लागि   १८ जुलाई २०१५ शनिबार इजरायलको तेलअभिवको हाहगना मार्ग स्थित बेतवार्वर हलमा उत्साहजनक गैर आवासीय नेपालीहरुको उपस्थितिमा सौहार्दजनक वातावरणमा निर्वाचन सम्पन्न भएको छ ।

11739519_1123738184307186_1082992611_nनिर्बाचनमा नेपाली राजदुताबास तेलाबिबका मिनिस्टर कान्सिलर तथा उपनियोग प्रमुख खड्ग प्रसाद दाहाल, दुतावासका सहचारी कमल प्रसाद कोइराला, सयुंक्त राष्ट्र संघिय चिकित्सक डा. ध्रुब कोइराला, हदासा अस्पताल जेरुसलेममा कार्यरत डा. श्री कृष्ण कसिछ्वा, एनआरएनए इजरायलका निवर्तमान अध्यक्ष सुवास खरेल, एनआरएनए इजरायलकी संरक्षक भगवती बस्नेत, नमस्ते नेपाल हातेमालो सामाजीक संस्थाका केन्द्रीय अध्यक्ष रामशरण बानियाको परिबेक्षण तथा अनुगमनमा निर्वाचन सम्पन्न भएको थियो । निर्बाचनमा विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा समाजसेवीहरु अतिथिको रुपमा रहेका थिए ।

11749623_1123738210973850_36626759_nNRNA निर्वाचन समिति इजरायलले सार्बजनिक गरेको पूर्व निर्धारित समय भन्दा पौने २ घण्टा ढिलो 11756577_1123738207640517_1155534640_n१०:४५ बजे  सुरु भएको मतदान प्रक्रिया निर्धारित समय ४ बजे सम्म निक्कै नै शान्तमय बाताबरणमा भएको थियो।

निर्वाचन सम्पन्न भए पश्चात परिवेक्षक, निर्बाचन समिति तथा उमेदवारहरुको रोहबरमा मत पेटिकाको शिल प्याक गरि पर्यवेक्षकहरुकै रोहवरमा राजदुत निवास हेर्चेलिया पुर्याइएको छ । मतपेटिका हेर्चेलिया पुर्याउनु अघि अध्यक्ष पदका उमेदवारद्वय दिपक ओली  र सुन्दरसिंह लामाले संक्षिप्त मन्तब्य दिदै निर्वाचन उत्साहजनक तवरलो शान्तपूर्ण वातावरणमा सम्पन्न भएको प्रतिक्रिया दिदै मतगणना बाट जे जस्तो नतिजा आए पनि त्यसलाई सहर्ष रुपमा स्वीकार गर्ने बताएका छन् । त्यस्तै परिबेक्षकहरुले पनि निर्बाचन सौहार्दपूर्ण बाताबरणमा निष्पक्ष ढंगमा सम्पन्न भएको प्रतिक्रिया दिएका छन् भने निर्वाचन समिति संयोजक नवराज खड्काले निर्वाचनमा उत्साहजनक सहभागिता जनाई निर्वाचन सफल पार्न सहयोग गर्ने सम्पूर्ण मतदाताहरुप्रति आभार प्रकट गरेका थिए ।

राजदुत निवास हेर्चेलियामा मतगणना शुरु भैसकेको छ । तर मत परिणाम आइसकेको छैन, हामि निरन्तर अपडेटमा छौ । यसको लागि नेपालइजरायल डटनेट हेर्दै गर्नुहोला ।