News Headlines

एनआरएनए निर्वाचन समिति इजरायलको अत्यन्त जरुरी सूचना

Posted on Dec 01 2015
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको भावी कार्यसमितिको चयनको लागि गठित  निर्वाचन समितिले गत ५ जुलाई आइतवार साधारण सदस्यहरुको नाम ,लिस्ट र सिरियल नम्वर एनआरएन इजरायलको निर्वाचन समितिमा बुझाई सकेको तर प्राविधिक कारणले अधकट्टी र सो वापतको रकम निर्वाचन समितिलाई बुझाउन बाँकी रहेकोमा आज  ७ जुलाई मंगलवार बेलुका ९ बजेसम्म अनिवार्य रुपमा समितिसम्म बुझाउन अनुरोध गरेको छ ।
समितिलेसुचना जारी गरी आज वेलुकी ९ बजेभित्र रकम र अधकट्टी निर्वाचन समितिका सदस्य मनोज खरेल (मोवाईल नं.0546279176) को जिम्मामा बुझाउन अनुरोध गरेको छ । समितिले कथंकदाचित आज पनि कुनै कारणले अधकट्टी तेलअभिव ल्याई पुर्याउन समस्या भए १० जुलाई शुक्रवारसम्म साधारण सदस्यताको अधकट्टी निर्वाचन समितिमा बुझाउन सकिने तर उक्त अधकट्टी बापतको जम्मा रकम भने आज नै कुनै पनि माध्यमले अनिवार्य रुपमा वुझाउन सकिने विकल्प भने प्रस्तुत गरेको छ ।
 
त्यस्तै समितिले नयाँ कार्यसमिति चयनकालागि तय गरिएको १८ जुलाई शनिवारको दिन कुनै पनि भ्रमण लगायतका कार्यक्रमहरु नजुधाइदिन अनुरोध गर्दै निर्वाचनलाई भव्य र सभ्य तरिकाले धेरै भन्दा धेरै नेपालीहरुको सहभागितामा व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोग पुर्याई दिन हुन इजरायलमा रहेका विभिन्न संघ संस्था,समाजसेवी व्यक्तित्वहरु, पत्रकारज्यूहरु लगायत समस्त इजरायलवासी दिदीबहिनी दाजुभाईहरुमा अपिल गरेको छ ।
 
सुचनाको पूर्ण अंश :
NRN notice 2